सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र २४, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

भाद्र २४,काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक शुक्रबार बिहान बस्ने गरी स्थगित भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्ला राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न बालुवाटारमा गठबन्धनको बैठक बोलाएका थिए । तर, जनता समाजवादी पार्टी (जसपा)का नेताहरु बैठकमा अनुपस्थित रहे ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि व्यस्त भएको भन्दै निस्किएपछि बैठक शुक्रबार बिहानका लागि स्थगित भएको हो ।

‘सबै नेताहरु आउनुभएन । त्यही कारण बैठकमा सामान्य छलफल भयो । तर, निर्णय नै गर्ने गरी एजेन्डा प्रस्तुत नै भएन,’ बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘शुक्रबार बिहान ९ बजे पुनः बस्ने गरी उठ्यौं ।’

एमसीसी संसद्‌बाट अनुमोदन गर्ने विषयले चर्चा पाइरहेको र एमसीसीकै उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेपाल भ्रमणमा रहेका बेला देउवाले पाँच दलीय सत्ता गठबन्धनको बैठक बोलाएका थिए । बैठकमा सहभागी हुन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु बालुवाटार पुगेका थिए । अन्य पार्टीका नेताहरु बाहिरिएपछि प्रधानमन्त्री र मन्त्रीहरुबीच भने छलफल जारी छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस